kumari
stcnepal

स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि गठबन्धन नबनाउने : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने बताएका छन् । स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु ‘एरेन्जमेन्ट’ भने हुन सक्ने उनको भनाइ छ ।

बिहीबार पार्टी केन्द्रिय कमिटी बैठक सम्पन्न भए लगत्तै सँगको कुराकानीमा उनले एमालेलाई निर्वाचनमा अरुको वैशाखीको जरुरी नभएको जिकिर गरे ।‘हामीले प्रष्टै सँग भनेका छौं–हामीहरु निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं । हामी हाम्रो खुट्टा माथि विश्वास गर्छौ । जुन खुट्टाले भुईं टेकेको छ । भुईं टेकेको खुट्टाहरु माथि विश्वास छ । हामी त्यसैमा उभिएर निर्वाचनको प्रतिस्पर्धामा सामेल हुन्छौं’ उनले भने, ‘…कतिपय ठाउँमा लोकल आवश्यकताको आधारमा सिट एरेन्जमेन्ट हुन सक्छ । त्यो अलग कुरा भयो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गरे । ‘निर्वाचन, यो केवल निर्वाचन मात्रै होइन, एउटा ठूलो लडाईँ हो । यो मुलुक दुईवटा ध्रुवमा ध्रुवीकृत छ । …यो लडाइँमा हामीले जित हासिल गर्नुपर्छ भन्ने मानसिकताका साथ हामीहरु बैठक सम्पन्न गरेर निस्केका छौं’ उनले भने।

 

 

footer