kumari
stcnepal

राजेन्द्र महतो उपेन्द्र यादव प्रति आक्रामक

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रति आक्रामक बनेका छन् ।

बिहीवार पर्साको वीरगञ्जमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यादव प्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए । ‘जनताले देखिरहेको छ, बुझिरहेको छ, मधेसी जनलाई श्री बनाउने, साधन बनाउने, अनि मधेसवाद छैन, मधेस छैन, यो चाहीँ सुहाएन । बेइमानी भयो । यो गर्नुहुँदैन,’ महतोले भने, ‘हिजो सम्म म मधेशवादी भनेर उफ्रि उफ्रि भाषण गर्ने, आज मधेशवाद थाहै छैन भन्ने । मधेशवाद थाहा छैन भन्नुको मतलव मधेश थाहा छैन भन्नु हो ।’

वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए ।

 

 

 

footer