kumari
stcnepal

नेपाली काग्रेस किन आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्न तयार राष्ट्रपति र प्रधानमन्त्रीको आश्वासनमा देउवा,पौडेल ढुक्क

काठमार्डौँ । २०७९ बैशाख ३० गते स्थानीय तहका सबै पालिकाहरु ७ सय ५३ वटैमा एकै पटक निर्वाचन हुने पक्का पक्की भएपछि राजनितिक दल निर्वाचनको तयारीमा जुट्न थालेका छन् । ठूला साना सबै दलहरुले प्राय दिनहँु जसो सभा सम्मेलनहरु गर्न थालेका छन् । सत्ता गठवनधनमा रहेका दलहरु नेपाली काग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतले स्थानीय तह हुदै प्रदेश सभा र संघीय ससदको निर्वाचन सम्मै अहिलेकै सत्ता गठवन्धनलाई कायम राखेर गठवन्धन नै गरेर निर्वाचनमा जानु पर्ने रणनिति लिएका भएपनि सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसमा भने विवाद उत्पन्न भएको छ । काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरहादुर देउवा र उनी पक्ष नेताहरु गठवन्धन नै गरेर निर्वाचनमा जानु पर्ने पक्षमा रहेका भएपनि सभापतिको उम्मेदवार बनेर निर्वाचनमा पराजित भएका शेखर कोइराला ,विमलेन्द्र निधि लगायतका संस्थापन इतर पक्ष भने काग्रेसले कसैसँग गठवन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा रहेका छन् ।

काग्रेसले त्यस विषयमा आज बस्ने काग्रेसको केन्द्रीय समितिको बैठकवाट निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।सत्ता गठवन्धनका प्रमुख घटकहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलाई अरु भन्दा बढी गठवन्धनको आवश्यकता परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने जसरी भएपनि गठवन्धन नै बनाएर स्थानीय तह हुदै प्रदेश सभा र संघीय ससदको निर्वाचनमा जानु पर्ने बताईरहेका छन् । काग्रेसका सभापति एंव प्रधानमन्त्री देउवालाई दाहाल नेपालले अहिले आफूहरुसँगै गठवन्धन बनाएर निर्वाचनमा लगेको खण्डमा आउदो संघीय संसदको निर्वाचनमा गठवन्धन कै जित हुने भएकाले गर्दा त्यसवेला पनि देउवालाई नै प्रधानमन्त्री बनाउने आश्वासन देउवालाई दिएको हुनाले अर्को पटक पनि प्रधानमन्त्री बन्न देउवाले अहिलेको गठवन्धनलाई कायम राख्ने निर्णय लिन सक्ने सम्भावना बढेको छ ।

देउवा प्रधानमन्त्री बन्न सक्ने कुनै सम्भावना नरहेको अवस्थामा दाहाल नेपालले षडयन्त्र गरेर र माधव नेपालले पार्टी नै विभाजन गरेर देउवालाई प्रधानमन्त्री बनाएको हुनाले देउवाले त्यस्को गुण तिर्न पनि गठवन्धनलाई कायम राख्न सक्ने अवस्था देखिएको छ । संघीय ससदको निर्वाचन आउँदो मंसीर महिनाभीत्रमा गर्नु पर्ने हुन्छ । त्यसबेला पनि दाहाल नेपालले गठवन्धन नै गरेर अघि बढेको खण्डमा आफूहरु कै बहुमत आउने भएकोले गर्दा फेरी देउवालाई नै प्रधानमन्त्री बनाउने उनीहरु बीचमा गोप्य सहमति भईसकेको काग्रेसका एक नेताले बताएका छन् । काग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ ससदीय निर्वाचन पछि राष्ट्रपति वनाउने आश्वासन दाहाल नेपालले दिएका हुनाले पौडेल पनि गठवन्धन कै पक्षमा रहेका छन् । पछिल्लो समयमा देउवा र पौडेलको एउटै स्वर आउनु उधारो राष्ट्रपतिको आश्वासन नै हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा संघीय संसद हुदै प्रदेशसभाको र संघीय ससदको प्रमुख विपक्षी दल तथा मुलुकको सबै भन्दा ठूलो दल नेकपा एमालेले आक्रमक तवरले निर्वाचन प्रकृया अघि बढाएको र विभिन्न पार्टीहरुवाट आफ्नो पार्टीमा नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउदै आएका हुनाले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई आफ्नो अस्तित्व बचाउन सकस परिरहेको छ । माओवादी केन्द्रका केही प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरीरहेका छन्, भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई त पार्टी विभाजन गराएको प्रमाणित गर्नु पर्ने अवस्था रहेको हुनाले माओवादीलाई भन्दा एकीकृत समाजवादी पार्टीलाई गठवन्धनको आवश्यकता बढीरहेको छ । नेकपा एमाले विभाजित हुँदा सानो संख्यामा मात्र नेता तथा कार्यकर्ताहरु एकीकृत समाजवादी तर्फ गएका हुनाले निर्वाचनमा पराजित भएको खण्डमा विभाजनको औचित्य नै समाप्त हुने र आफ्नो अस्तित्व नै संकटमा पर्ने डरले गर्दा माधव नेपाल काग्रेसको शरणमा पुगेका हुन् । एकीकृत समाजवादी पार्टीलाई काग्रेसको पुच्छर समातेर वैर्तणी तर्नु पर्ने आवश्यकता रहेको छ । त्यही कारणले गर्दा माधव नेपाल काग्रेसका जस्तासुकै सर्तहरु स्वीकार गर्न तयार देखिएका छन् ।

पछिल्लो अवस्था हेर्दा आउदो निर्वाचन काग्रेस र नेकपा एमालेबीच मै प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएको छ । नेकपा एमालेमा अन्य दलहरुवाट ठूलो सख्यामा नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका र प्रवेश गर्ने क्रम जारी रहेकोले गर्दा माधव नेपाल समूहमा गएका नेता तथा कार्यकर्ताहरुको रिक्तता भरिएको जस्तो देखिएको छ । तल्लो तहमा विभाजनको खासै असर परेको देखिएको छैन । नेकपा एकीकृत समाजवादी पार्टीमा केही नेताहरु गएको भएपनि त्यस्को पूर्ति माओवादी केन्द्रवाट एमालेमा प्रवेश गरेका नेताहरुवाट भएको छ । तर सत्ता गठवन्धनले नेकपा एमालेलाई एकल्याउने रणनिति लिएको र त्यस्को नेतृत्व प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका हुनाले त्यस्को फाइदा लिन माधव नेपाल लागि परेका छन् । कम्युनिष्ठहरु विभाजित भएको अवस्थामा त्यस्को फाइदा लिनुको सट्टा प्रधानमन्त्री देउवा किन कम्युनिष्ठहरुलाई बोक्न तयार देखिएका छन् । त्यस्को रहस्य विस्तारै खुल्दै जाने निश्चित रहेको छ ।

काग्रेसको संस्थापन इतर पक्षले स्थानीय तहको निर्वाचनमा कसैसँग गठवन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्ने वताइरहेको वेला संस्थापन पक्षले भने क्षणिक फाइदाका लागि गठवन्धन कै पक्षमा रहेको जस्तो देखिएकोले गर्दा आउदो निर्वाचन काग्रेसको लागि घातक सावित हुन सक्छ । काग्रेसका सभापति समेत रहेका देउवाले आफ्नो घरमा आगो लगाएरै भएपनि फेरी प्रधानमन्त्री वन्न झुठो आश्वासनको भर पर्नु भनेको आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह मात्र हो ।

footer