kumari
stcnepal

एमालेलाई एक्ल्याउने प्रयास ?

काठमाडौँ । ६ वटा महानगरपालिकाहरुमा काग्रेस, माओवादी केन्द्र नेकपा समाजवादी र जसपा वीचमा कुन कुन ककसलाई दिने भन्नेमा सहमति वन्न नसकिरहेको वेला ११ वटा उपमहानगरपालिकाहरुमा समेत नेतृत्व लिन विषयले सत्ता गठवन्धनमा चर्चा चलाईएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठवन्धन भीत्रै विवाद रहेको वेला आज शुक्रवार नेपाली काग्रेसको केन्द्रीय समितिको बैठक वोलाइएको हुनाले त्यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ । काग्रैसले तालमेल नगर्ने निर्णय लिएको खण्डमा त्यस्को सबै भन्दा ठूलो मार नेकपा एकीकृत समाजवादीलाई पर्ने पक्कापक्की रहेको छ । काग्रेसको संस्थापन पक्ष वाहेक संस्थापन इतर पक्षले कुनै सर्तमा पनि स्थानीय तह, प्रदेशसभा र संघीय ससदको निर्वाचनमा तालमेल गर्नु नहुने पक्षमा अडान लिदै आएको छ ।
स्थानीय तनहको निर्वाचनका लागि निर्वाचन आयोगले यहि चैत्र १५ गते देखी आचारसंहिता लागु गर्न सक्ने भएकाले त्यस भन्दा अघि नै मन्त्रिपरिषद हेरफेर हुन सक्ने सम्भावना बढेको छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालय प्रधानमन्त्री शेरवहादुर देउवाले नै समालिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनकपुरकमा पुगेर मन्त्रिपरिषद हेरफेर हुन सक्ने उद्दघोष गरेका हुनाले माधव नेपालले एउटा मन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेका छन् । अहिले ६१ जना सासद रहेका नेपाली काग्रेसले प्रधानमन्त्री वाहेक ७ वटा मन्त्रालय पाएको छ ,भने ४८ सासद रहेको माओवादी केन्द्रले ६, २३ सासद रहेको नेकपा समाजवादीले ५ र १९ सासद रहेको जसपाले ४ मन्त्री पाएको छ । रक्षा मन्त्रालयको दावी माओवादी केन्द्रले गरेको भएपनि प्रधानमन्त्री देउवाले त्यसलाई स्वीकार गरेका छैनन् । उद्योवाणिज्य तथा आपूर्ती मन्त्रालय लोकतान्त्रिक समाजवादी पार्टी (महन्थ ठाकुर अध्यक्ष रहेका) पार्टीलाई दिएर लोकतान्त्रिक पार्टीलाई पनि सत्ता गठवन्धनमा ल्याउने रणनितिमा देउवा लागि परेका छन् तर त्यस विषयमा काग्रेस र लोकतान्त्रिक वीचमा सहमति वन्न सकेको छैन ।
राष्ट्रिय पार्टीको मान्यता पाएका ६ दल मध्येका ५ दललाई सत्तामा ल्याएर ससदको सबै भन्दा ठूलो दल र संघीय ससद हुदै प्रदेशको प्रमुख विपक्षी दललाई एकल्याउने रणनितिमा सत्ता गठवन्धन र स्वयम प्रधानमन्त्री देउवा लागेका हुनाले त्यस्को नकारात्मक असर पर्न सक्ने सम्भावना समेतदेखिएको छ । नेकपा एमालेले स्थानीय तहका निर्वाचनको मुखमा मुखमा अन्य पार्टीहरुवाट आफ्नो पार्टीमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु दिनहुँ प्रवेश गराउन थालेपछि सत्ता गठवन्धन र माधव नेपाल आतिन थालेको आभास पाउन थालिएको छ । नेकपा एमालेले समेत सत्ता गठवन्धन वाहेकका अन्य दलहरुसँग स्थानीय तहमै गठवन्धन गरेर अघि बढ्न सक्ने सम्भावना पनि देखिएकोे छ । सत्ता गठवन्धनको रणनिति हेर्दा निर्वाचन अघि नै सत्ता गठवन्धनले हार स्वीकार गरी सकेका जस्तो देखिएको छ । यदि त्यो होइन भने विचार र सिद्धान्त नै नमिल्ने पार्टीहरुसँग गठवन्धन गर्नुको रहस्य के त ?

footer