kumari
stcnepal

प्रधानमन्त्री देउवा अर्को साता तीन दिने भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लागेका हुन् । उनि आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ता भित्रै देउवा भारत जान लागेका हुनत् । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो ।

गएको पुसमा भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भनिए पनि कोरोनाका कारण त्यो कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो । देउवाले पछिल्लो पटक २०७४ साल भदौमा भारतको पाँच दिने राजकीय भ्रमण गरेका थिए । नेपालले भारतको अतिक्रमणमा परेको लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा ल्याएपछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ ।

लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो दाबी गर्दै आएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन घटना लगायतका कारण दुई देशको सम्बन्ध सुमधुर छैन । कुटनीतिज्ञले छिमेकी देश सँग सुमधुर सम्बन्ध राख्नु पर्नेमा जोड दिँदै आएका छन् ।

 

 

footer