kumari
stcnepal

एमाले अध्यक्ष ओली आज उदयपुर जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदैछन्।

मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेको ओलीको सचिवालयले जनाएको छ । त्रियुगाा नगरपालिका–१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए ।

एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ। जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

 

 

footer