kumari
stcnepal

केन्द्रीय समितिको बैठक अघि पौडेल पक्षका नेताहरूको छुटै भेला

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् । कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । सो बैठकमा चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ ।

तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरुको बैठक बसालेको उनी निकट एक नेताले बताए ।

 

 

 

footer