kumari
stcnepal

ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने रोहितकुमार पौडेल

काठमाडौं । रोहितकुमार पौडेल एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कीर्तिपुर स्थित टीयू मैदानमा पीएनजी विरुद्धको खेलमा ब्याटिङ गरिरहेका रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन् । ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाएका थिए । तर त्यो कीर्तिमानलाई रोहितले १६ खेलमा नै तोडेका हुन् ।

 

 

 

footer