सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, परिसूचक ११३ अंकले बढ्यो

546
shares

काठमाडौँ । मौद्रिक नीतिको प्रभाव सेयर बजारमा स्पष्ट रूपमा देखिएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार अन्तिमसम्ममा ११३.४२ अङ्क बढेर बन्द भएको हो ।

आज कारोबार सुरु भए लगत्तै नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटमा बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भयो । ५ प्रतिशतले बढेपछि दोस्रो पटक बन्द भएको नेप्से त्यसपछि भने निरन्तर घट्ने प्रयास गर्‍यो । यद्यपि पुनः नेप्से सम्हालिँदै समग्रमा ४.४१ प्रतिशतले बजार बढेर बन्द भएको हो । यसक्रममा आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । यस्तै ८७ वटा कम्पनीको मूल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ ।

यस्तै थप १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि एनआईसी एसिया बैंकको सेयर ३४ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ ।परिसूचक ४.४१ प्रतिशतले बढ्दै १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको दिन लघुवित्त समूहको सूचक भने घटेको छ । यो समूहको सूचक १० अङ्कले घटेको हो । यस्तै आज ४ करोड ३ लाख कित्ता सेयर किनबेच भएको छ । यसैगरी कारोबार भएकामध्ये १२ वटा समूहको वृद्धि देखिएको छ ।

जीवन बिमा समूहमा ५१९ अङ्कको वृद्धि आउँदा निर्जीवन बिमा समूहको सूचक ३४५ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूह २४५ अङ्कले बढेको छ भने बैंक समूह १४१ अङ्कले बढेको छ । यसबाहेक सबैजसो समूहमा समेत वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकले लिएको १५–२० को नीतिका कारण बजार बढ्न नसकेको लगानीकर्ताको भनाई थियो । तर, शुक्रबार को मौद्रिक नीतिसँगै यो भनाइ अब हटेको छ । केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको सीमा हटेको छ ।

व्यक्तिगततर्फको १५ करोडको सीमा रहे पनि यसले बजारमा तात्त्विक भिन्नता नल्याउने लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिको प्रभाव स्वरूप नै आज नेप्से परिसूचक उच्च अङ्कले बढेको हो । यससँगै नेप्से परिसूचक २६८१‍.४२ अङ्कको बिन्दुमा पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports