kumari
stcnepal

एमाले अध्यक्ष ओलीले कर्णाली प्रदेशका आमसभालाई सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेले कर्णाली केन्द्रीत कार्यक्रम गर्ने भएको छ ।

यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका विकट क्षेत्रका कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले दुई साताका बीचमा जुम्ला, कालिकोट र हुम्लाका दुई वटा गरी चार वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । चैत १७ गते जुम्लाको सिँजा उपत्यकामा नेपाली काँग्रेस र नेकपा माओवादी विप्लव सहितका नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

त्यही दिन कालीकोटको सदरमुकाम मान्मामा पनि पार्टी प्रवेश सहित चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । त्यस्तै, वैशाख ४ गते अध्यक्ष ओलीले कर्णालीको विकट हिमाली जिल्ला हुम्लाका दुई वटा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले हुम्लाको सदुरमुकाम सिमिकोट र अदानचुली गाउँपालिकामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाले जनाएको छ ।

 

 

footer