kumari
stcnepal

चुनावी तालमेल बारे नेपाली कांग्रेसका प्रदेश सभापतिहरु नै विभाजित

काठमाडौं । चुनावी तालमेल बारे नेपाली कांग्रेसका प्रदेश सभापतिहरु नै विभाजित भएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुक्रबार देखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा प्रदेश सभापतिहरुले रिपोर्टिङ गरेका थिए ।

प्रदेश १ सका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र बाग्मतीका इन्द्र बानियाँ चुनावी तालेमलको पक्षमा उभिएका छन् । थापा, नेता कृष्ण सिटौला तथा यादव बानियाँ सभापति देउवा निकट हुन् ।तर गण्डकी प्रदेशका सभापति शुक्राज शर्मा, लुम्बिनीका अम्मरसिंह पुन चुनावी तालेमलको विपक्षमा देखिएका छन् । तालमेल गर्नुपर्ने भए तल्लो समितिले नै आवश्यक निर्णय गर्न सक्ने  गरी जानुपर्ने आफूले बताएको पुनले जानकारी दिए ।

कर्णालीका सभापति ललितजंग शाहीले विगतमा जितेको आधारमा तालमेल गर्दा माओवादी केन्द्रलाई धेरै स्थान छाड्नुपर्ने भन्दै विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर भने बैठकमा अनुपस्थित थिए ।

 

 

 

footer