kumari
stcnepal

आगामी चुनावमा एक्लै लड्नुपर्छ : दिनेश कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला आगामी चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । कति कतै गठबन्धन गर्नुपर्ने भए जिल्ला र स्थानीय तहका कमिटीहरुलाई नै निर्णय गर्न दिनुपर्ने उनले बताए ।

शुक्रबार देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका नेता कोइराला तालमेलको विपक्षमा मत दिएका हुन् । ‘नेकपा फुटेको छ, एमाले फुटेको छ । यतिखेल पनि सिंगल लडेनौं भने कहिले लड्ने ? त्यसैले सिंगल लड्नुपर्छ,’ उनले भनेका छन् ।

गठबन्धनमा अपवित्र स्वार्थरु मिसिएका कारण पनि सचेत हुनुपर्ने नेता कोइरालाले बताए ।भरतपुरमा के हुन्छ भन्ने प्रश्नमा केन्द्रीय सदस्य कोइरालाले भने, ‘भरतपुरमा मात्र होइन, चितवनमा गठबन्धन हुन्छ भने २०७४ मा कांग्रेसलाई धोका दिएर गल्ती गर्‍यौं ।कांग्रेस बाट चुनाव जितेर एमालेलाई भोट हाल्यौं । हिजो गल्ती गर्‍यौं, अब सहकार्य सुरु गरौं भन्यो भने छलफल हुन्छ, नभए हुँदैन ।

 

 

 

footer