kumari
stcnepal

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने

काठमाडौं । निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए । यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

 

 

footer