kumari
stcnepal

पूर्व राजा रानी झापामा

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। शुक्रबार शाह र पूर्वरानी कोमल शाह चन्द्रगढी विमानस्थल हुँदै दमक पुगेको उनको सचिवालयले जनाएको छ।

सचिवालयले शाह कति दिन झापा रहने र कहाँ-कहाँ भ्रमण गर्ने भन्ने खुलाएको छैन। शाह दम्पती झापा दमक स्थित चिया बगानको मिनी दरबारमा बस्नेछन्। ‘उहाँको भेटघाटको कार्यक्रमहरू बारे मलाई जानकारी छैन, कति दिन रहनुहुन्छ भन्ने पनि थाहा छैन,’ सहयोगी फणिराज पाठकले भने।

पूर्वराजा रानी विमानस्थलमा उत्रिँदै राष्ट्रिय शक्ति नेपाल अभियान झापाले स्वागत गरेको थियो। त्यसक्रममा पूर्वराजाको पक्षमा नाराबाजी भएको थियो।

 

 

footer