kumari
stcnepal

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

काठमाडौं । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशन बाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन् ।

गए राति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् । विमलाले ८५ मत ल्याइन भने उनि सँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गरेकी छन्। त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन् ।

उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गरेकी हुन् भने महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गरेकी छन् । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गरेकी छन्। कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरेकी छन् । महाधिवेशन बाट सदस्यहरूमा आठ जना विजयी भएका छन् ।

सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।

 

 

 

footer