kumari
stcnepal

सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन् ।

शनिबार कीर्तिपुर स्थित टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेल मध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा मात्र सन्दीप विकेट विहीन रहे ।

आईपीएल सहित विश्वका लगभग सबै फ्रेन्चाइज क्रिकेट खेलेका नेपाली ग्लोवल स्टार सन्दीपले २०२० को फेब्रुअरी १२ मा अमेरिका विरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा करिअरको उत्कृष्ट बलिङ गरेका थिए । विश्वकप लिग टू अन्तर्गतको सो खेलमा उनले ६ ओभर बलिङ गरी १ मेडन राख्नै १६ रन खर्चिएर ६ विकेट लिएका थिए ।

एकदिवशीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । उनी भन्दा अगाडि श्रीलंकाका अजन्था मेण्डिसले १९ इनिङ्समा ५० विकेट पूरा गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा भने उनले अघिल्लो महिना ५० विकेट पूरा गरेका हुन् । ओमानमा भएको चार देशीय शृंखलाअन्तर्गत फागुन २ गते आयरल्याण्ड सँगको खेलमा उनले टी–२० करिअरको ५०औं विकेट लिएका थिए । टी–२० अन्तर्राष्ट्रियमा उनको ६२ विकेट पुगिसकेको छ ।

 

 

 

footer