kumari
stcnepal

दोलखामा आगलागि हुँदा ३ घर जलेर नष्ट ५० लाखको क्षति भएको अनुमान

दोलखा कालीन्चोक गाउँपालिका-५, लापिलाङमा शनिवार बिहान भएको आगलागी बाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालिएको ठाउँ बाट सल्किएको आगोले भूकम्प पछि पुनर्निर्माण गरिएका तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । बाक्लो गाउँ भएको र घरहरू सँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घर समेत जलेर नष्ट भएको हो ।

आगलागी बाट तीन वटा घर सहित घरमा भएको सामग्रीहरू जलेर करीब ५० लाख भन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए ।

 

 

 

footer