kumari
stcnepal

आज थपिए ८ जना कोरोना संक्रमीत

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९७ पीसीआर परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५८ रहेको छ ।

 

 

footer