kumari
stcnepal

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्का बीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का सँग भेट गरेका छन् । सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षी बीच भेटवार्ता भएको हो ।

भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्री बीच शनिबार भएको छलफल पछि प्रतिनिधिमण्डल स्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीन बीच विभिन्न सम्झौतामा दुई पक्षीय छलफल हुनेछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवा सँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

 

 

footer