kumari
stcnepal

नेपाल–चीन बीच द्विपक्षीय बैठक पछि ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल–चीनको द्विपक्षीय बैठक पछि ९ बुँदे समझदारी भएको छ ।

सिंहदरबारमा शनिवार नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक भएको थियो । द्विपक्षीय बैठक पछि दुई देशबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएका छन् । त्यसबाहेक, खोप हस्तान्तरण, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण लगायतको विषयमा पनि हस्ताक्षर भएको छ ।

द्विपक्षीय बैठकमा नेपालको तर्फ बाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधि मण्डल बैठकमा सहभागी भएको थियो ।

 

 

 

footer