kumari
stcnepal

चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे

चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डल सँग द्विपक्षीय भेटवार्ता सकिए लगत्तै वाङ यी बालुवाटार पुगेका हुन् । सिंहदरबारमा भएको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय बैठक अघि परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री सँगको भेटवार्तापछि वाङ नेपालमा परराष्ट्रमन्त्री डा. खड्काले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनेछन् । तीन दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेता सँग भेटघाट गर्ने कार्यतालिका छ । उनी आइतवार नै स्वदेश फर्कने कार्यक्रम छ ।

 

 

 

footer