kumari
stcnepal

सार्वजनिक यातायातको भाडा अब स्वचालित रूपमै हुने, ११ देखि १६ प्रतिशत बढाउन सिफारिस

काठमाडौं । अब देखि सार्वजनिक यातायातको भाडा समायोजन पनि स्वचालित रूपमै हुने भएको छ ।

स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । जस अनुसार इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ ।

यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तल माथि हुना साथ सार्वजनिक यातायातको भाडा दरमा परिवर्तन हुने छ । विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको छ ।

विभागले तयार गरेको प्रस्तावमा हालको अवस्थामा करीब ११ देखि १६ प्रतिशत सम्म भाडा समायोजन गर्न सिफारिस गरिएको छ । सरोकारवाला निकाय सँगको छलफल बाट यस्तो प्रस्ताव गरिएको विभागले जनाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी समेत गरिरहेको छ ।

 

 

footer