kumari
stcnepal

देउवाविरुद्ध पौडेल आक्रामक

काठमाडौ । संघीय संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेस आफ्नो पार्टीभित्रको आन्तरिक द्वन्द्वमा फसेको हुँदा उसले संसदमा आफ्नो भूमिका समेत सन्तोष जनक रुपमा निभाउन नसकिरहेको आरोप ऊमाथि लाग्दै आएको छ । पछिल्लो समयमा कांग्रेसको आन्तरिक द्वन्द्व केही मत्थर जस्तो देखिए पनि सभापति शेरबहादुर देउवाले पार्टीका केही विभागहरुको नेतृत्व चयन गरेपछि फेरी कांग्रेसको द्वन्द्वले प्रश्रय पाएको छ ।

कांग्रेसले २०७७ साल फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरी सकेको छ । संस्थापनइतर पक्षले महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभिन्न निकायहरुमा सभापति देउवाले नियुक्ति गरेको भन्दै तीव्र असन्तुष्टि जनाइरहेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले त सभापति देउवाले पैसा लिएर पार्टीका विभिन्न संगठनहरुमा पदाधिकारी नियुक्त गरेको भन्दै त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति देउवामाथि गम्भीर आरोप समेत लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले आउँदो महाधिवेशनलाई आफ्नो पक्षमा पार्न सभापति देउवाले पैसा र पद बाँडेको आरोप पार्टीको भातृ संगठनका रुपमा रहेको प्रेस युनियन मकवानपुरले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा नेता पौडेलले भने विधानले तोकेभन्दा बढीको संख्या बढाएर विभागहरु बनाइएको भन्दै त्यसप्रति आफूहरुको असहमति रहेको बताएका छन् ।

कांग्रेसका ४८ विभाग मध्येका १३ वटा विभागमा सभापति देउवाले नेतृत्व हालै चयन गरेका थिए । सभापति देउवाको व्यवहारले पार्टी नै अप्ठ्यारोमा परेको आरोप लगाएका छन् । नेता पौडेलका अनुसार बलियो प्रतिपक्षी भएर संसदमा उभिनु पर्नेमा पार्टी आफैँ अल्मलिएको भन्दै त्यसको सम्पूर्ण दोष सभापति देउवालाई लगाएका थिए । सभापतिकै कारण प्रमुख प्रतिपक्षीको भूमिका कमजोर रहेको नेता पौडेलको आरोप थियो । सो समारोहमा बोल्दै पार्टीका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई बलियो बनाउन आफूहरु देश दौडाहामा लागेका बताएका थिए ।

वरिष्ठ नेता पौडेल पक्षले अहिले सभापति देउवामाथि आक्रामक रुपले विरोध गरिरहेको अवस्था विद्यमान रहेको र केपी ओली सरकारमाथि समेत नेकपाले त्यस्तै आक्रामक शैली अपनाउँदै आएको हुनाले कतै सभापति देउवा तर प्रधानमन्त्री ओली पार्टीभित्रको द्वन्द्वको शिकार हुने त होइनन् भन्ने प्रश्न समेत उब्जिएको हेर्न बाँकी छ । यी पार्टीहरुभित्रको आन्तरिक द्वन्द्वको प्रभाव ।

footer