kumari
stcnepal

काँग्रेस केन्द्रीय समितिको बैठकमा अर्थमन्त्रीको राजिनामा मागियो

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ । तर सुधारको प्रयास भएको छैन ।’

अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा समक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग माग गरेको छु,’ उनले भने ।

 

 

 

footer