kumari
stcnepal

सर्लाहीमा बस दुर्घटना ४ जनाको निधन ३२ भन्दा बढी घाइते

 

सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । आज आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको निधन भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आज आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले जानकारी दिएका छन् । दुर्घटनामा निधन हुनेहरुको पहिचान खुल्न सकेको छैन भने केही यात्रुहरुको अवस्था गम्भिर रहेको जनाइएको छ ।

 

footer