kumari
stcnepal

आज थप २३ जनामा कोरोना भाइरस संक्रमण, एक जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र १ हजार ४४२ एन्टीजेन परीक्षणमा ८ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट २१५ जना निको भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

footer