kumari
stcnepal

सुनचाँदी शिल्प ब्यबसायी संघको सल्लाहकारमा समिर नियुत्त

काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको सल्लाहकार सदस्यमा प्रकाश समिर नियुक्त भएका छन् ।

संघको हालै सम्पन्न कार्य समितिको बैठकले समिरलाई सल्लाहकार सदस्यमा नियुक्त गरेको हो । समिरले शनिवार संघबाट नियुक्ती पत्र समेत बुझेका छन् । अब आफ्नो कार्यकाल अवधिमा संघको कार्ययोजना, विकास र अन्य गतिविधिमा उचित सल्लाह तथा सुझाव दिने उनको भनाइ छ ।

बागलुङका समिर विगत १० वर्ष देखि काठमाडौंमा बसेर छापाखाना, डिजाइन, मिडिया लगायतका व्यवसाय गर्दै आएका छन् । साहित्य क्षेत्रमा समेत सक्रिय रहेका समिर सुनचाँदी बजारका जानकार व्यक्ति पनि हुन् ।

 

 

footer