kumari
stcnepal

त्रिदेशीय टी २० शृङखलामा आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो ।

नेपालले अहिले सम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्स सँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजी विरुद्धकै एक दिवसीय शृङखला जितेको थियो । घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षा सहित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा आज पीएनजी सँग खेल्दैछ ।

टी-२० शृङखलामा नेपाल र पीएनजी सहित मलेसिया समेत सहभागी छ । तीन टिम बीच एक आपसमा दुई/दुई खेल हुनेछ र शीर्ष दुई टिम बीच फाइनल खेल हुनेछ । यस पटक नेपाली टिममा युवा खेलाडीहरूको बाहुल्य छ । २१ वर्षीय सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा सबैभन्दा सिनियर खेलाडीको रुपमा सोमपाल कामी र करण केसी हुनेछन् ।

यसअघि पीएनजी सँग खेलेका सन्दीप र सोमपाल सहित ७ खेलाडी टी-२० शृङखलामा पनि टिममा छन् । करण केसी, आसिफ शेख, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी–२० टोलीमा छन् । यू-१९ एसिया कप खेलेका आदिल पहिलो पटक सिनियर टिममा परेका हुन् । यसअघि देव खनालले एक दिवसीमा डेब्यु गरेका थिए ।

 

 

 

 

footer