kumari
stcnepal

एमाले अध्यक्ष ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाए

बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरुको सरकारको संज्ञा दिएका हुन् । नेपालको विजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारत सँगै ३८ रुपैयाँमा किनेर त्यो विजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको उनले टिप्पणी गरे ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई कुनै जमानाको बलियो साँढे भन्दै ओलीले अहिले वैशाखी खोजेर हिड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे । कुर्सीमा बसेर नै संवोधन गरेका ओलीले सबै दल मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दावी गरे । एमाले प्रवेश गर्नेहरुको देशव्यापी जनलहरले एमालेको शक्ति प्रष्ट भएको ओलीले बताए ।

 

 

 

footer