kumari
stcnepal

निर्वाचन आयोगले आज देखि ११०२ टोल फ्री सञ्चालनमा ल्याउने

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आज बाट टोल फ्रि सञ्चालन गर्ने भएको छ । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आज बाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो । ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।

 

footer