kumari
stcnepal

आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटर कति छन् सरकार ?

काठमाडौ । पछिल्लो समयमा उत्तरी छिमेकी मुलुक चीनमा उत्पन्न भएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । भाग्यवस नेपालमा भने अहिलेसम्म त्यसको प्रत्यक्ष असर परेको छैन । अप्रत्यक्ष असरले गर्दा मुलुकको अर्थतन्त्र नै संकटमा पर्दै गएको छ । कोरोना भाइरसलाई रोकथाम गर्न नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले अनेक प्रयास गरिरहेको छ । अस्पतालहरुमा आइसीयु वार्डहरु थप्ने निर्णय समेत गरिरहेको छ । २०७२ सालमा गएको भूकम्पको बेलामा समेत विरामीहरुले आइसीयू वार्ड नपाएर छटपटाएका थिए । संकट बाजा बजाएर आउँदैन त्यसैले बेलामा सरकारले संकटकाल आउँदा के गर्ने भनेर पहिला नै त्यसको व्यवस्था गर्न सक्नुपर्दछ ।

नेपालमा अहिले अस्पताल खोल्ने एक प्रकारको खेती नै सुरु भएको छ । तर त्यति हुँदाहुँदै पनि न त सरकारले नै आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटरको राम्रो व्यवस्था गर्न सकेको छ न त निजी क्षेत्रले नै । निजी क्षेत्रमा खुलेका अस्पतालहरुले केही आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटरको व्यवस्था गरेपनि सामान्य व्यक्तिले त्यहाँ उपचार गराउन सक्ने अवस्था देखिँदैन । त्यसैले अब सरकारले नै सरकारी अस्पतालहरुमा आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्नु आवश्यक रहेको छ ।

अब सरकारले नेपालमा कति आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटर कति रहेका छन् भनेर सार्वजनिक सूचना प्रकाशित गरी सर्वसाधारण जनतालाई जानकारी गराउनुपर्ने अवस्था देखिएको छ । सामान्य वार्डमा उपचार हुन नसक्ने विरामीहरुलाई आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटर राखेर उपचार गराउनुपर्ने हुन्छ । जब विरामी अस्पताल पुग्छन्, त्यहाँ आइसीयु वार्ड, सीसीयुवार्ड र भेन्टिलेटर छैन भन्ने जवाफ अस्पतालबाट पाउने गरेका हुनाले अन्य अस्पतालहरुमा त्यस्ता वार्डहरु खोज्दाखोज्दै विरामीको मृत्यु हुने भएकाले आइसीयु वार्ड, सीसीयु वार्ड र भेन्टिलेटरको अवस्थाको जानकारी जनतालाई दिनुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

कुन कुन अस्पतालमा आइसीयु वार्ड रहेका छन्, कुन अस्पतालमा सीसीयु वार्ड र भेन्टिलेटर रहेका छन् भनेर सर्वसाधारण जनतालाई जानकारी गराउने दायित्व सरकारको हो । त्यसैले सरकारले अब कुनै विलम्ब नगरी राष्ट्रिय चिकित्सा आयोगमार्फत मुलुकभरमा रहेका कुन कुन अस्पतालमा कहाँ कति आइसीयु वार्ड, सीसीयु वार्ड र भेन्टिलेटर कति छन् भनेर आयोगले तथ्याँक लिएर सर्वसाधारण जनतालाई त्यसको जानकारी गराउनुपर्दछ । यदि त्यसो भएको खण्डमा विरामीले आइसी वार्ड, सीसीयु वार्ड र भेन्टिलेटरको खोजी गर्दा मृत्युवरण गर्न नपरोस् ।

आफ्ना नागरिकहरुको सुरक्षा गर्ने दायित्व र कर्तव्य सरकारको भएकाले सरकारले तत्काल आइसीयु वार्ड, सीसीयु वार्ड र भेन्टिलेटर रहेका अस्पतालहरु यी हुन् यति यति वेड रहेका छन् प्रदेशैपिच्छे आइसीयु वार्ड, सीसीयु वार्ड र भेन्टिलेटर यति छन् भनेर सार्वजनिक रुपमा जानकारी गराएको खण्डमा विरामीले वार्ड खोज्दाखोज्दै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन सक्छ, त्यसैले सरकारले अविलम्ब त्यसको व्यवस्था गरी जनतालाई जानकारी गराउनु आवश्यक छ ।

footer