kumari
stcnepal

चिनियाँ विदेशमन्त्रीको भ्रमणको क्रममा बीआरआई बारे पूर्वतयारी पुगेन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ विदेश मन्त्रीको भ्रमणको क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे पूर्वतयारी नपुगेको बताएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले चिनियाँ विदेशमन्त्रीको भ्रमण सर्ट नोटिसमा भएकाले बीआरआई बारे पूर्व तयारी नपुगेको स्वीकार गरेकी हुन् । आज मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले बीआरआईमा नेपालले हस्ताक्षर गरेर अगाडि बढाउन तयार नै रहेको बताइन् । तर विदेशमन्त्री वाङ यीको भ्रमण सर्ट नोटिसमा भएकाले सहमतिका लागि चाहिने पूर्व तयारी नपुगोके उनले बताइन् ।

प्रवक्ता लम्सालले भनिन्, ‘यो भ्रमण पनि सर्ट नोटिसमा भएको भएर तयारी नपुगेको जस्तो लाग्छ । त्यसैले यसपालि हामीले एग्रिमेन्ट गरेर साइन गर्न सकेनौं ।’

 

 

footer