kumari
stcnepal

कोलम्बोमा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ ।

श्रीलंकाको कोलम्बोमा दुई समकक्षी बीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकर बीच भेटवार्ता भएको हो । विमिस्टेक सम्मेलन आजै देखि कोलम्बोमा सुरु भएको छ ।परराष्ट्रमन्त्री खड्काले यसअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेर विमिस्टेक सम्मेलनमा सहभागी हुन कोलम्बो पुगेका छन् ।

 

 

 

footer