kumari
stcnepal

नेपाल एकदिवसीय वरीयतामा १६ औं बाट १८ औं स्थानमा झर्यो

काठमाडौं । आईसीसी एकदिवसीय वरीयतामा नेपालको स्थान खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल १८औं स्थानमा झरेको छ । यसअघि १६औं स्थानमा रहेको नेपाल दुई स्थान तल झरेको हो ।पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको प्रदर्शन राम्रो हुन नसक्दा त्यसको असर वरीयतामा परेको हो । नेपालले युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टूमा चार मध्ये दुई खेलमा जित र दुईमा हारको नतिजा निकालेको थियो । यस्तै घरेलु मैदानमा पपुवा न्यूगिनी विरुद्धको भएको दुई खेलको एकदिवसीय श्रृंखला नेपालले गुमाएको थियो ।

एकदिवसीय वरीयतामान न्यूजिल्याण्ड शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

 

 

footer