kumari
stcnepal

एनआरएनएको नवनिर्वाचित पदाधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग भेटबार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरेका छन् ।

प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एनआरएनएको नेतृत्व चयनमा विवाद देखिएको छ । प्रचण्डले आफ्ना निवासमा आएका समूह तर्फ नै बहुमत संस्थापकहरु भएकाले आधिकारिकता पाउने समेत दावी गरे ।अप्ठयारोमा पनि नेतृत्व क्षमता देखाएको भन्दै प्रचण्डले उनीहरुको प्रसंसा समेत गरे ।

‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो,’ उनले भने, ‘अप्ठ्यारोको बीच बाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धता बारे पनि छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । गैरआवासीय नेपाली संघको तर्फ बाट केही निष्कर्ष र योजनाहरु कार्यान्वयनका लागि प्रचण्ड सँग सहयोग मागेका थिए ।

 

footer