kumari
stcnepal

कस्तो रहला आजको मौसम, चट्याङ सहित पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

यता शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

 

 

 

footer