kumari
stcnepal

कैलालीमा सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकियो

धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तह सम्मै तालमेल गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।

मंगलबार धनगढी स्थित नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको बैठक विना निष्कर्ष सकिएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका कैलाली संयोजक लाजुुराम चौधरीले अगामी निर्वाचनमा वडा स्तर सम्मै गठबन्धन गर्ने विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको बताए । ‘वडा तह सम्मै तालमेल गर्ने विषयमा छलफल र निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ,’ चौधरीले  भने, ‘सबै पार्टीले आन्तरिक छलफल गरेर मात्र आवश्यक निर्णय लिने सैद्धान्तिक सहमति भएको छ ।’

 

footer