kumari
stcnepal

आईपीएलमा राजस्थान रोयल्सले विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै राजस्थानले सानदार सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ मात्रै बनाउन सक्यो।

हैदराबादका एडेन माक्ररमले ५७ र वासिन्टन सुन्दरले ४० रन बनाएका थिए । रोमारियो शेफर्ड २४, ओपनर अभिषेक शर्मा ९, अब्दुल सामद ४, कप्तान केन विलियम्सनले २ रन मात्रै जोडे । निकोलस पुरन र राहुल त्रिपाठीले रनै जोड्न सकेनन् । राजस्थानका बलर युजभेन्द्र चहलले ३ र प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्टले २/२ विकेट लिए ।

 

 

 

footer