kumari
stcnepal

डिन थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

थप्सनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् । हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरु सँगको सम्बन्ध बारे हेर्ने जिम्मा उनलाई छ ।

थम्पसन सँग अमेरिकी कूटनीतिमा २५ वर्ष भन्दा बढी समय सम्म काम गरेको अनुभव छ ।उनले मलेसियाको क्वालम्पुर स्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनी सँग रोमानियाको बुखारेष्ट स्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बो स्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

 

 

footer