kumari
stcnepal

आज कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापति सँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए । बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

 

 

footer