kumari
stcnepal

भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताएका छन् । हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेनु दाहाल छिन् ।

प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सके सम्म केन्द्र बाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको जानकारी पनि उनले दिए ।‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्र बाट नै तालेमल बाट गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं,’ प्रचण्डले भने ‘सम्भवतः महानगरको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ ।’

 

 

 

 

 

footer