kumari
stcnepal

आरटीजीएस कारोबार समय एक घण्टा थप

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) को कारोबार अवधि बढाएको छ । बैंकले आटीजीएसको कारोबार समय ७ घण्टा बाट बढाएर ८ बनाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको ९ महिना आरटीजीएसको कारोबार समयमा ८ घण्टा हुनेछ । तर, बाँकी ३ महिना भने ७ घण्टामा सिमित रहने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले आगामी बैंशाख २ गते देखि लागु हुने गरी आरटीजएसको कारोबार समय तोकेको हो । सो अनुसार हरेक वर्षको माघ महिनाको १६ गते देखि कात्तिक १५ गते सम्म आरटीजीएसको कारोबार समयमा बिहीन ९ देखि बेलुका ५ बजे सम्म कायम गरेको छ ।त्यसैगरी कात्तिक १६ देखि माघ १५ गते सम्म अर्थात तिन महिनाका लागि भने बिहीन ९ देखि दिउँसो ४ बजे कायम गरेको छ ।

हाल आरटीजीएसको कारोबार समय बिहान १० देखि बेलुका ५ बजे सम्म छ । त्यसैगरी शुक्रबार भने बिहान १० देखि दिउँसो २ः१५ बजे सम्म कायम छ । नयाँ व्यवस्था अनुसार शुक्रबार पनि ९ बजे देखि १ः३० बजे सम्म कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

 

 

footer