kumari
stcnepal

महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताएका छन् ।

श्रीलंकाको कोलम्बोमा भइरहेको पाँचौं बिमस्टेक समिटमा काठमाडौं बाट भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारी बाट अझ राम्रो सँग पुन:स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्ब बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौं नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारी बाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।

महामारी सामना गर्न हरित, लचिलो र समावेशी पुनर्स्थापनाको योजना बनाउनुपर्ने पनि प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि खोपको पर्याप्तता, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षाका योजनालाई बढावा दिनुपर्ने भन्दै उनले संरचनात्मक सुधारका साथै भौतिक र मानवीय पुँजीमा लगानी बढाउनुपर्ने बताए । बिमस्टेक क्षेत्र जलवायु परिवर्तनका कारण पनि खतरामा रहेको भन्दै देउवाले यस विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

 

 

 

 

footer