kumari
stcnepal

अफवाह फैलाउनेमाथि कारबाही गर सरकार

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोमिड १९) ले विश्वभरमै आतंक मच्चाएको छ । हालसम्म १ सय ८० मुलुकमा यो भाइरस फैलिसकेको छ भने झण्डै १४ हजार भन्दा बढी व्यक्तिले यहि भाइरसका कारण मृत्युवरण गरिसकेका छन् । विश्वमा यो भाइरस फैलिएसँगै रातारात सार्वजनिक सञ्जालमा –फेक) अडियोहरु समेत भाइरल बनेका छन् । प्रत्येक घर र चिया पसल सम्मका आम सर्वसाधारण आतंकित बनिरहेका छन् । सरकारले घरभित्र बस्ने निर्देशन दिएपनि सर्वसाधारण जनताको अमनयचन हराउने गरेको छ, फेक आइडि भिडियोले । नेपाल सरकारले कोरोना भाइरसबाट बच्ने उपाए खोजिरहेका बेला समाजमा आतंक फैल्याउने, त्रास फैल्याउने र सर्वसाधारणलाई असुरक्षित भएको महसुस गराउने केही असामाजिक तत्वहरु सक्रिय देखिएका छन् । त्यस्ता तत्वहरुलाई सरकारले पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नैपर्दछ । सरकारले आफ्ना जनतालाई सम्भावित खतराबाट बचाउनको लागि मीनी लकडाउन गरेसँगै विपत्लाई व्यापक बनाउने तत्वहरु समेत सक्रिय भए । यस्तो विपत्का बेला आनन्द लिने देखि समाजलाई आतंकित पारेर त्यसको फाइदा उठाउने तत्वहरु सक्रिय भएका छन । त्यसैको परिणाम हो भ्रामात्मक सामाग्री उत्पादन र प्रसारण गर्नु । त्यस्ता भ्रमपूर्ण सामाग्री उत्पादन र प्रशारण गर्ने व्यक्तिहरु जो सुकै हुन् तिनीहरु नेपाली जनताका दुस्मन नै हुन् । जनतालाई अप्ठ्यारो पर्दा सहयोग गर्नुको बदला जनतालाई आतंकित पार्ने व्यक्तिहरुलाई कुनै हालतमा पनि उन्मुक्ति दिन सकिँदैन ।

केही दिन पहिला एक डाक्टरले नै एक सार्वजनिक कार्यक्रममा नेपालमा कोरोना भाइरस फैलिसकेको र नियतवश सरकारले सूचना लुकाएको अभिव्यक्ति दिएपछि केही बौद्धिक व्यक्तिहरुकै अभिव्यक्ति सामाजिक सञ्जालमा देख्न र सुन्न पाइन्छ । विपत्तिबाट जनतालाई जोगाउनुपर्ने उपाएहरु सिकाउनुपर्नेमा शिक्षित समदायहरुबाटै समाजमा आतंक मच्चाउने काममा लाग्नुलाई शोभनिय मान्न सकिँदैन । सर्वसाधारण जनताको धैर्य टुट्न नदिने जोखिमबाट बच्च सिकाउने र सरकारलाई उचित पहल गर्न घचघच्याउने बेलामा जनतालाई आतंकित पार्न खोज्नु दुर्भाग्यका विषय हो । अहिले विश्व नै कोरोना भाइरसले हल्लाइरहेका बेला सबै मिलेर यो भाइरससँग लड्नुको अर्को विकल्प देखिएको छैन । विश्वका कतिपय मुलुकहरुले यसको विरुद्धमा खोप तयार पार्ने कार्यहरु गरिरहेका भएपनि तत्काल खोप तयार हुन सक्ने सम्भावना नरहेकोले यसका विरुद्ध पूर्व सावधानी अपनाउनबाहेक अन्य विकल्प देखिँदैन । त्यसैले अहिले यस कोरोना भाइरसलाई सामाजिक सञ्जालमार्फत आतंकको विषय बनाइनु किमार्थ उचित हुन सक्दैन । त्यसैले यसलाई आतंकको विषय नबनाऔं, सबै लिमेर यसको विरुद्ध लडौँ ।

हाम्रा मिछेकी मुलुकहरुमा समेत कोरोना भाइरस फैलिएको समाचार आएलगत्तै देशमा खाद्यान्न ग्यास, तेल देखि माक्स सम्मको कृत्रिम अभाव सिर्जना गरी रातारात धनी बन्न खोज्नेहरु सक्रिय भएका छन । आफ्नो देशमा अप्ठ्यारो अवस्थामा पर्दा कृत्रिम अभाव सिर्जना गरेर धन कमाउन पल्केकाहरु माथि सरकार कठोर बन्न आवश्यक छ । केही काला व्यापारी र उद्योगपतिहरुका कारण मुलुकमा सबै व्यापारी र उद्योगतिहरु बद्नाम भएका छन् । सबै व्यापारीहरुले कालो धन्दा गरेका छैनन् । त्यसैले कालो बजारी गर्ने र कृत्रिम अभाव सिर्जना गरी अफवाह फैल्याउनेहरुमाथि सरकारले कडा भन्दा कडा कारबाही गर्नैपर्दछ । समाजमा अफवाह फैल्याउने प्रति कडा कानुनी उपचार सरकारले खोज्नु उपयुक्त हुनेछ । सरकारले मुलुक विपत्तिमा परेको बेला सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम, सञ्चारजगत्मा ध्यान पु¥याएर समाजमा अफवाह फैल्याउने तत्वहरुमाथि निगरानी राख्नैपर्दछ । त्यसका लागि केही कानुनहरु बाधक भएको खण्डमा मुलुकमा विपत् आइपरेको घोषण गरेर कानुनहरुलाई समेत निलम्बन गर्न सक्नुपर्दछ । देशभन्दा र जनताभन्दा माथि कानुन हुन सक्दैन । देशका लागि कानुन चाहिएको हो, कानुनका लागि देश होइन भन्ने तथ्य सरकारले बुझ्न सक्नुपर्दछ । त्यसै कारण सरकारले कालोबजारी गर्ने अभाव देखाएर कृत्रिम अभाव देखाउने र समाजमा अफवाह फैल्याउनेहरु माथि कडा भन्दा कडा कारबाही गर्नैपर्दछ । विश्वव्यापी रुपमा डरलाग्दो गरी फैलिएको कोरोना भाइरस संक्रमण र मानवीय क्षतिले विश्वभरकै आम जनतामा त्रास, डर फैलिरहेको बेला सामाजिक सञ्जालमा हुने (फेक) प्रचारबाजी पनि केही समयका लागि जनतालाई सत्यजस्तै लाग्न सक्छ र त्यही कारणले गर्दा जनतामा थप त्रास र डर फैलिन सक्छ भन्ने हेक्का सरकारलाई होस् ।

अहिलेको हाम्रो प्रमुख आवश्यकता र खाँचो भनेकै धैर्य र सचेतना नै हो । सम्भावित जोखिम भित्रिन नदिन सर्वसाधारणलाई सचेत गराउने र सुरक्षा उपाए अपनाउने सामूहिक रुपमा यस महाविपत्तिको सामनाको लागि जनतालाई तयार पार्नु आवश्यक छ । सरकारको एकल प्रयासले मात्र यो सम्भव देखिँदैन । त्यसैले समाजका सबै वर्ग क्षेत्र र समुदायले सामूहिक रुपमा सक्रिय भएर मुलुकलाई महाविपत्तिबाट जोगाउन सरकारलाई होस्टेमा हैसे गर्नैपर्दछ । जनताले २०७२ सालमा गएको भूकम्पका बेला देखाएको जस्तो धैर्यता र सचेतना देखाउनुपर्ने बेला आएको छ ।नेपाली समाजको विशिष्ठकृत पहिचान रेहेको छ । विपत्का बेला सबै एकजुट भएर त्यसको सामना गर्ने । अहिले त्यस्तै विशिष्ठकृत समाजको आवश्यकता परेको छ । एकले अर्कोलाई सहयोग गर्नुपर्छ अघि बढ्नु र आफ्नो र पराई, नभनि सबै नेपाली हौँ भन्ने भावना राखेर एकले अर्कोलाई सहयोग गरेको खण्डमा जस्तोसुकै महाविपत्ति आइपरेपनि हामी सामना गर्न सक्छौँ भन्ने हामी नेपाली जनताले महाभूकम्पकै बेला (२०७२) मा देखाइसकेका हुनाले अहिले पनि कोरोना भाइरसबाट मुक्ति पाउनका लागि सबै नेपाली एकजुट हुनुको अर्को विकल्प छैन । कोभिड १९ मानव जातिको लागि जति घातक छ, अफवाह फैलाउनेहरु पनि समाजको लागि त्यत्तिकै घातक र उत्तिकै विषाक्त रहेका छन् । मानसिक रुपमा जनतालाई डर त्रास देखाएर समाजलाई आतंकित पार्ने तत्वहरु पिपासु नै हुन् भन्ने हामीले ठानेका छौँ । त्यसै कारण त्यस्ता पिपासुहरुलाई सरकारले समयमै पहिचान गरेर उनीहरुलाई कानुनी दायरामा ल्याउनैपर्दछ । अनावश्यक अफवाह फैल्याएर समाजलाइृ त्रास डरमा बाँच्न बाध्य पार्नेहरुकै कारण आम जनता महंगीमा पिल्सीएका छन् । सरकारले समेत आफ्ना नागरिकलाई सु्रक्षित भएर बस भनेर मात्र पुग्दैन, नागरिकले सुरक्षित भएको महसुस गर्ने गरी सरकारले पहल गर्नुपर्दछ । गलत सूचना प्रवाह हुने गरेकोले सरकारले समय समयमा सही सूचना सूचना अधिकारीबाट दिने व्यवस्था मिलाउनु हामी सरकारलाई जोडदार आग्रह गर्दछौँ ।

footer