kumari
stcnepal

भोलि देखि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला सुरु

काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला बिहीबार सुरु हुने भएको छ ।

भेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि दिउँसो १२ बजे भेलाको उद्घाटन हुने र भेलामा ५० जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी दिए । भेलाको उद्घाटन समारोहमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु भेला उपस्थित हुने छन् ।

पहिलो राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरु तय गर्ने जनाइएको छ ।

 

 

 

footer