kumari
stcnepal

स्वास्थ्य परीक्षणमा कडाई गर

काठमाडौ । कोरोना भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै मुलुकहरुलाई सचेत गराएको थियो । तर त्यस्तो सचेतनालाई इटली लगायतका अन्य कतिपय मुलुकहरुले वेवास्ता गरेकै कारण अहिले उक्त भाइरसले विश्वमै राज गर्न थालेको छ । केही नपरी नदेख्ने बानी परेका सरकारहरुले बेलैमा विश्व स्वास्थ्य संगठनले दिएको निर्देशनलाई पालना गरेका भए इटली, अमेरिका, फ्रान्सजस्ता मुलुकहरु अहिले संकटमा पर्ने थिएनन् । त्यसै क्रममा नेपाल सरकार समेत केही हप्ता अगाडिसम्म केही हुँदैन भनेर ढुक्क बसेको थियो । विश्व स्वास्थ्य संगठनले नेपालपनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि मात्र सरकारको आँखा खुलेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई जस्तै चेतावनी भारतलाई समेत दिएको थियो । भारतमा अहिले कोरोना भाइरसको बृद्धि व्यापक मात्रामा भइरहेको छ । भारतमा समेत केही व्यक्तिको यही रोग कोरोना भाइरसकै कारण निधन भएको छ भने केही व्यक्तिहरुमा संक्रमण देखिएपछि भारतले त्यसका विरुद्ध लड्न विभिन्न कार्यक्रमहरु अघि सारिसकेको छ ।

कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सरकारले कठोर कदम नचाल्ने हो भने नेपाललाई कोरोना भाइरसले नराम्रोसँग गाँज्ने निश्चित जस्तै रहेको छ । सरकारले ढिलो गरी केही देशबाट आउने जहाज नेपाल प्रवेशमा बन्देज लगाएको भएपनि केही देशमा हवाईजहाजहरु नेपालमा भित्रिन दिइरहेको छ । जहाजबाट समेत संक्रमणित व्यक्तिहरु नेपालमा प्रवेश गर्न सक्छन् । कोरोना प्रभाव १४ दिनसम्ममा देखिने हुँदा कोरोना लाग्ने वित्तिकै प्रभाव नदेखिने भएकाले कोरोना लागेका व्यक्तिहरु हजाईजहाजमा नेपालमा प्रवेश गर्न सक्ने भएकाले सबै देशबाट आउने जहाजहरुलाई नेपालमा प्रवेशमा रोक लगाइनुपर्दछ । सीमाभित्र दुवै देशका नागरिकको लागि खतरा सावित हुन सक्छन् ।

सरकारले आफँैले घोषणा गरेका कार्यक्रमहरु कडाईका साथ लागू गराउन सक्नुपर्दछ । केही दिन पहिला अन्तराष्ट्रिय उडान गर्न नदिने सरकारी निर्णयलाई सरकारले वेवास्ता गर्नु गैर जिम्मेवारीपूर्वक कार्य हो । चीन र इटालीबाट नेपाल सरकारले पाठ नसिक्ने हो भने नेपाली नागरिकको भविष्य जोखिममा पर्ने निश्चित छ । नेपालमा अहिलेसम्म कोरोना नभेटिएकाले नेपाल सुरक्षित छ भनेर मन्त्रीबाटै सन्देश प्रवाह गरेकाले नेपाल सुरक्षित छ भनेर भारतबाट धेरै मानिसहरु नेपालमा आइरहेका छन् । त्यसैले भारत सरकारसँग तत्काल वार्ता गरी समस्याको समधान खोज्नु र आयतमा कुनै अवरोध नपु¥याई सीमा नाकामा कडा स्वास्थ्य परिक्षणको व्यवस्था गरी आफ्ना नागरिकको जिऊ धनको सुरक्ष गर्न सकरारले कुनै कमजोरी नदेखाउनु हुन्न जनताले विश्वास गर्ने गरी सरकारले काम देखाउन सक्नुपर्दछ ।

footer