kumari
stcnepal

विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का विवादमा मुछिएका व्यक्ति माथि छानबिन गर्न माग गरे

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का विवादमा मुछिएका व्यक्ति माथि छानबिन गर्न माग गरेका छन् ।

प्रेस चौतारीले बुधबार बुटवलमा गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गौरवको आयोजनाका रुपमा अघि बढेको अस्पताल भवन निर्माण ठेक्का रद्द गर्नुलाई एमालेले गम्भीर रुपमा लिएको भन्दै छानवीन गरेर दोषी माथि कारवाही गर्न माग गरे ।

‘गौरवको आयोजनामा गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको छ, यसको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्छ’, पौडेलले भने, ‘कर्मचारीलाई दोष दिएर सरकार उम्किन मिल्दैन, जवाफ देही हुनुपर्छ ।’

फरक प्रसंगमा नेता पौडेलले सत्ता गठबन्धन बाट एमाले नतर्सिने बताए । ‘गठबन्धनको पटका पड्काएर एमाले डराउँदैन, कम्तीमा ६० प्रतिशत स्थानीय तहमा जित्छौं’– पौडेलले भने । उनले एमाले विरुद्ध मिडियालाई अनुचित रुपमा प्रयोग गरेको आरोप समेत लगाए ।

 

 

footer