kumari
stcnepal

साल्ट ट्रेडिङको अनुकरणीय कार्य

काठमाडौ । विश्वभरमै कोरोना भाइरस (कोभिड १९) ले आतंक मच्चाइरहेको छ । यही कोरोना भाइरसकै कारण विश्वको अर्थतन्त्रमा समेत नराम्रो असर परेको छ भने लाखौं व्यक्तिले रोजगारी गुमाएका छन् । विकसित देशहरुमा समेत यस रोगबाट आक्रान्त भइरहेका छन् भने नेपाल समेत त्यही रोगका कारण आक्रान्त भएको छ । अहिलेम्म श्री पशुपतिनाथको कृपाले यहि रोगका कारण कसैले ज्यान गुमाउनु परेको छैन, हाम्रा लागि यही खुसीको विषय हो ।

कोरोना भाइरसलाई अझ फैलिन नदिन सरकारले यही चैत्र ११ गतेदेखि मुलुकभरमै लकडाउन गर्ने निर्णय गरेपश्चात् मुलुक लकडाउनमा फसको छ । यस्तो बेला आम उपभोक्ताहरु खाद्यान्नको समस्यामा पर्ने भएकाले सरकारले अति आवश्यक बस्तुहरुको विक्रि वितरण गर्न उद्योगी, व्यापरी र खुद्रा पसलहरुलाई आग्रह गरिहेको छ । मुलुकमा नुनको विक्रि वितरण गर्दै आएको साल्ट टेडिङ्ग कर्पोरेशनले अरु उद्योगी व्यापारीहरुको भन्दा अलग व्यवस्था गरेर टोलटोलमा आफ्नो सवारी साधनमार्फत नुन र चीनको विक्रि वितरण गरिरहेको छ ।

साल्टले नुनको रु २० र चीनीको ७३ रुपैँया मूल्य कायम गरेर एक परिवारका लागि नुन ३ किलो र चीनी ६ किलोसम्म सहज रुपमा उपभोक्ताहरुलाई आफ्नै घर दैलोमा उपलब्ध गराएको छ । संकटको बेलामा साल्टले पहिला पनि २०७२ सालको भूकम्पको बेला जनतालाई यस्तै सहयोग पु¥याएको थियो । साल्टले अहिलेपनि त्यस्तै सहयोग पु¥याउँदै आएको छ । साल्टले नुन, चीनी, चामल, दाल, ग्याँस, कागज, गेडागुडीलगायत अन्य आवश्यकी सामानहरु विक्रि वितरण गर्दै आएकोमा अहिले नुन र चीनी जनताको घरदैलोमा पु¥याएर विक्रि वितरण गरिरहेको हुनाले अन्य संघ संस्थाहरुले समेत साल्टको उदाहरणीय कार्यको अनुशरण गर्दै संकटको बेला जनतालाई घर दैलोमा सेवा पु¥याउनुपर्ने आवश्यकता देखिन्छ ।

साल्टको व्यवस्थापन पक्ष र दक्ष अनि निडर कर्मचारीहरुकै कारण उसले जनतालाई घरदैलोमा पुगेर सेवा प्रदान गर्न सकेकोमा साल्ट परिवार र त्यसमा पनि साल्टकी प्रमुख कार्यकारी अधिकृत लगायत साल्ट परिवारलाई बधाई । जनताको सेवा गर्दै जानुहोस् जनताले तपाईहरुको मूल्र्याकन अवश्य गर्नेछ ।

footer