kumari
stcnepal

चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको निधन

चितवन । पूर्वी चितवनमो भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं -१० स्थित भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर- २, टाँडी निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीया श्रीमती निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

टाँडी बाट भरतपुर तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको मिनी बसले भरतपुर बाट टाँडी तर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा श्रेष्ठ दम्पती गम्भिर घाइते भएका थिए ।

उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

 

footer