प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको निधन

637
shares

चितवन । पूर्वी चितवनमो भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं -१० स्थित भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर- २, टाँडी निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीया श्रीमती निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

टाँडी बाट भरतपुर तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको मिनी बसले भरतपुर बाट टाँडी तर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा श्रेष्ठ दम्पती गम्भिर घाइते भएका थिए ।

उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports